पुर्खौली घर धनकुटा पाख्रिबास त्यस पछि लेटाङ्ग हुदै हाल ईटहरी उप–महानगरपालिका वडा नं. ४ मा बसोवास गर्दै आएकी छु मेरो श्रीमान र दुई छोरीहरु संग यस ठाउँमा आउदा पहिला हामी संग १ रुपैया पैसा पनि थिएन छर छिमेक स्टमित्र संग रु.२०००।– सहयोग मागेर सब्जी पसल सुरु गरे सवै कुहेर गयो रुनु न हास्नु भयौं ।
२०६१ सालमा पुष ४ गते महिला बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य बनेर थोरै थोरै पैसा बचत गर्न थाले । त्यस पछि यस संस्थाको साथ र सहयोगले सानो पसल सुरु गर्यौ सुरुमा हामिले ५० हजार ऋण लिएर कारोवार गयौं पसलबाट थोरै थोरै आमदानी गर्न थाल्यौं त्यती वेला मेरा छोरीहरुपनि सानै थिए स्कूल पढाउन पनि धौ धौ पर्थ्यो महिला बचतमा बचत र ऋणको कारोवार गर्दै थोरै थोरै गरेर राखेको वचतको व्याज र व्यवसायबाट भएको नाफाले छोरीहरुलाई स्कूल पठाउन सक्ने भएँ । अहिले ठुली र माईली छोरीहरु नागरीकता प्राप्त भए र यस संस्थामा सदस्य पनि बनी सकेका छन् । थोरै थोरै गर्दै राखेको वचतको व्याजले छोरीहरुको फीस तिर्न सहयोग पुगेको छ ।
म यस संस्थामा सदस्य वन्दा मेरा नानीहरु सानै थिए स्कूल बढाउन धेरै गारो थियो तर अहिले ठुली छोरी एच.ए. तेस्रो वर्ष पढ्दैछे माईली छोरी १२ पड्दैछ सानो छोरी ५ कक्षा पढ्दैछे । थोरै थोरै गरेर अहिले ५ लाख सम्मको ऋण कारोवार गर्न सक्ने भएको छु । यस संस्थाले हामीलाई धेरै सर सहयोग गरेको छ फेरी फेरी पनि यस्तै साथ र सहयोग पाई रहन सकुँ । यस पसललाई अलि थपेर ठुलो बनाउने लक्ष्य राखेका छौँ ।
बाचुन्जेल हाम्रो परिवारले यस ठाउँ वाट अलिक टाढा हुने वाध्यता भए पनि छाड्न सक्दैनौ हाम्रो अफन्त र आफ्नो भनेकै महिला बचत तथा ऋण सहकारी संस्था लि.हो ।