परिकल्पना (Vision)
समृद्ध समुदाय, दिगो विकास
Prosperous Community, Sustainable Development
ध्येय (MISSION)
सदस्यहरुलाई नविनतम प्रविधिको प्रयोगद्धारा प्रभावकारी वित्तीय सेवा प्रदान गरी दिगो र समृद्ध समुदाय निर्माणमा योगदान गर्ने ।
To contribute for the formation of sustainable & properous community providing effective financial services using latest technologies to te members.
संस्थागत मूल्य मान्यताहरु(Corporate Values)
जवाफदेहीताः संस्थाको परिकल्पना, ध्येय तथा रणनितिक लक्ष्यहरुको प्राप्तिका लागि आवश्यक निर्णय लिन र जवाफ दिन सम्बन्धित सदस्य, सञ्चालक, कर्मचारीहरुलाई जिम्मेवार बनाइनेछ ।
विश्वसनियताः संस्थाका काम–कारबाहि, कार्यसम्पादन प्रक्रिया, सेवा तथा सुविधाहरु प्रदान गर्दा अविच्छन्न तथा अविचलित रुपमा एकरुपता कायम गरीनेछ ।
पारदर्शिताः संस्थागत पारदर्शिता कायम गर्न सम्बन्धित सम्पूर्ण सरोकारवाला लाई संस्था सञ्चालन सम्बन्धमा जानकारी गराइनेछ ।
पेशागत व्यवसायिकताः साकोस सञ्चालनका मापदण्ड, विवेकि अभ्यास, निति, विधिको पुर्ण कार्यान्वयन तथा प्रयोग मार्फत सदस्य, समाज र स्थानिय अर्थतन्त्रको उत्पादकत्वमा योगदान पु¥याउन
बित्तीय दिगोपनाः वित्तीय सम्पत्ति तथा दायित्वको सन्तुलित व्यवस्थापन मार्फत सामाजीक–वातावरणीय पक्ष, स्थानीय अर्थतन्त्रको उत्पादकत्वमा वृद्धि र बित्तीय सुशासनलाई प्राथमिकतामा राखी वित्तीय व्यवस्थापन गरीनेछ ।
समताः सहकारी संस्थामा सदस्य, सञ्चालक, कर्मचारी तथा सम्पूर्ण सरोकारवाला बिच आन्तरीक तथा बाह्य स्रोत तथा साधनको सापेक्षिक वितरण को रुपमा बुझिनेछ । साथै विभिन्न क्षेत्र, जात, धर्म, वर्ण, लिङ्ग तथा वर्गको प्रतिनिधित्व गर्ने सदस्य, सञ्चालक तथा कर्मचारीहरुलाई सम हुनाको भाव वा अवस्थाको महसुस रहने गरी, निष्पक्षरुपमा संस्थागत अवसरहरुमा समावेश गराइनेछ ।
ऐक्यबद्दताः महिला साकोस र यस अन्र्तगतका सदस्यहरुको समृद्धि, सहकारी अभियानको विकास तथा प्रर्वद्धन, स्थानीय अर्थतन्त्रको प्रर्वद्धन तथा विकास, स्थानिय तथा राष्ट्रिय समस्याहरुको समाधानका लागि संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुले संस्थागत रुपमा ऐक्यबद्दता जनाइनेछ । बहुमत रुपमा गरेको निर्णयलाई सामुहिक निर्णयका रुपमा स्विकार गरीनेछ । निर्णय प्रक्रियामा साझा विन्दु अबलम्वन गरीनेछ । संस्थामा कुनै गुट वा उपगुटको संलग्नतालाई स्विकार गरीनेछैन् ।
रणनीतिक स्तम्भ (Strategic Pillars)
- सदस्य सेवा
- संस्थागत विकास
- शिक्षा, तालिम तथा सूचना संचार
- नविनतम प्रविधि
- मानव संशाधन
- सामुदायिक विकास