पेन्सन बचत
“आजै वाट सुरु गरौं बचत पेन्सन, कमि हुन्छ भविष्यमा आर्थिक टेन्सन”
उद्देश्यहरु :
- सदस्यहरुको भविष्यलाई सुरक्षित बनाउने ।
- कमाई गर्ने समयमा केही बचत गरी भविष्यको नियमित आम्दानीको श्रोत बनाउन सहयोग गर्ने ।
- भविष्यमा कुनै काम गर्नका लागि आवश्यक पर्ने एकमुष्ठ रकम प्राप्त गर्न सहयोग गर्ने ।
विशेषताहरु :
- निःशुल्क खाता खोल्न सकिने ।
- अन्य व्यवस्था पेन्सन बचत नीति अनुसार हुनेछ ।
सेवा तथा शर्तहरुः :
- संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
- निम्नानुसारका पेन्सन बचत खाताहरु संचालन गरिनेछ ः
- क) १२ बर्षे पेन्सन बचत
- खातामा मासिक रु. १०००।– (एक हजार) का दरले १२ बर्ष सम्म नियमित रुपमा बचत गर्नू पर्नेछ ।
- १२ बर्षे पेन्सन बचतमा मासिक न्युनतम् १,००० वा १,००० ले भाग जाने रकम जम्मा गर्न सकिने ।
- समयाबधि पूगेपछि खातामा जम्मा गरेको बचत (ब्याज बाहेक) रकम रु. १,४४,०००।– (एक लाख चौवालिस हजार)
मात्र एक मूष्ठ भूक्तानी दिइनेछ । र त्यस पछि मासिक रु. १०००।– (एक हजार) जम्मा गर्ने सदस्यलाई
बाचून्जेल सम्म रु. १,०००।– (एक हजार मात्र) मासिक रुपमा पेन्सन स्वरुप भूक्तानी उपलब्ध गराइनेछ ।
- मासिक रुपमा पेन्सन बचत जम्मा नगरेमा हरेक महिनाको रु. ५।–(पाँच) प्रतिमहिनाका दरले
बिलम्ब शूल्क लाग्नेछ । तीन महिना सम्म बचत जम्मा नगरे तागेदा गर्ने तागेदा गर्दा पनि बचत
जम्मा नगरेमा खातामा जम्मा भएको रकम निजको नियमित र मासिक खातामा जम्मा गर्नसकिनेछ । तर तीन महिना
भन्दा बढीले बचत जम्मा नगरि समयावधि कटेमा बचत छुटेको अवधिको व्याज रकम सहित जम्मा गर्नुपर्नेछ ।
- निजले पेन्सन नलिएमा १२ बर्ष पछि सम्पुर्ण जम्मा गरेको बचत रकम सहित पाकेको ब्याजको ९०% भूक्तानी दिइनेछ ।
- पेन्सन लिएमा सदस्यलाई बाचून्जेल पेन्सन दिने र मृत्यू पश्चात निजको हकवालालाई पनि खातामा रहेको बाँकी रकमको ९०% एकमूष्ठ
भूक्तानी दिइनेछ । बाँकी रकम संस्थाको आम्दानी जगेडा कोषमा जनाइनेछ ।
- समयावधि नपुगी खाता बन्द गर्नु परेमा पहिल्यै खातामा प्रविष्टि गरेको तथा पाकेको व्याज रकममा ५०% कट्टागरि भुक्तानी गरिने ।
- अबधी पुगे पछि जम्मा गरेको सम्पूर्ण सा“ँवा रकम सदस्यलाई एकमुष्ठ फिर्ता गरिने ।
- अबधि पुगेको दोस्रो महिना देखि सदस्य बाचुन्जेलसम्म बचत गरेकै दरमा मासिक पेन्सन प्रदान गरिने ।
- ख) २० बर्षे पेन्सन बचत
- खातामा मासिक रु. ३००। (तिन सय) का दरले २० बर्ष सम्म नियमित रुपमा बचत गर्नू पर्नेछ ।
- २० बर्षे पेन्सन बचतमा मासिक न्युनतम् ३०० वा ३०० ले भाग जाने रकम जम्मा गर्न सकिने ।
- समयाबधि पूगेपछि खातामा जम्मा भएको (ब्याज बाहेकको) रकम रु. ७२,०००।– (बहत्तर हजार मात्र)
एक मूष्ठ भूक्तानी दिइनेछ र त्यसपछि मासिक न्युनतम् ३०० जम्मा गर्ने सदस्यलाई (खातावाललाई)
बाचुन्जेल सम्म रु. १,०००।– (एक हजार) मात्र मासिक रुपमा संस्थाबाट सदस्य बाचुन्जेल भुक्तानी उपलब्ध गराईनेछ ।
- बचत गर्ने क्रममा २० बर्ष अबधि नपूगि खातावालाको मृत्यू भएमा खातामा जम्मा रहेको रकम ब्याज
सहित ईच्छाएको ब्यक्तिलाई भूक्तानी उपलब्ध गराईनेछ । सोको लागि मृत्यू दर्ता प्रमाण पत्र,
नाता प्रमाणित र संस्थाले मागेको कागजातहरु सम्बन्धीत हकवालाले पेश गर्नू पर्नेछ ।
- मासिक रुपमा पेन्सन बचत जम्मा नगरेमा हरेक महिनाको रु. ५।–(पाँच) प्रतिमहिनाका दरले बिलम्ब
शूल्क लाग्नेछ । तीन महिना सम्म बचत जम्मा नगरे तागेदा गर्ने तागेदा गर्दा पनि बचत जम्मा नगरेमा खातामा जम्मा
भएको रकम निजको नियमित र मासिक खातामा जम्मा गर्नसकिनेछ । तर तीन महिना भन्दा बढीले बचत
जम्मा नगरि समयावधि कटेमा बचत छुटेको अवधिको व्याज रकम सहित जम्मा गर्नुपर्नेछ ।
- २० बर्ष पूगेपछि मासिक सांवा रु. ७२,०००।– बराबर रु. १,०००।– (बाँचून्जेल सम्म) पेन्सन दिने तथा त्यही क्रमले
रु. १४४,०००।– को रु. २,०००।– अर्थात हरेक रु. ७२,०००।– (बहत्तर हजार मात्र) कोे रु. १,०००।– थप दिदै जाने ।
- मृत्यू पश्चात खातामा रहेको रकमको ९०% रकम काजक्रिया वापत भूक्तानी दिने र बांकी रहेको रकम संस्थाले सेवा दिए वापत आम्दानी (जगेडा कोष) जनाउनेछ ।
- निजले पेन्सन नलिएमा २० बर्ष पूगेपछि पाकेको ब्याजको ९०% एक मूष्ठ भूक्तानी दिइनेछ ।
- बचत कर्ताले संस्थाको सदस्यता छोडेमा, बसाई सरी जानू परेमा तथा मृत्यू भएमा जम्मा गरेको रकमको ब्याज सहित एक मूष्ठ भूक्तानी उपलब्ध गराइनेछ ।
- सदस्यलाई बाचून्जेल पेन्सन दिने र मृत्यू पश्चात निजको हकवालालाई पनि खातामा रहेको बाँकी रकमको ९०% एकमूष्ठ भूक्तानी दिइनेछ ।
- अबधी पुगे पछि जम्मा गरेको सम्पूर्ण सा“ँवा रकम सदस्यलाई एकमुष्ठ फिर्ता गरिने ।
- समयावधि नपुगी खाता बन्द गर्नु परेमा पहिल्यै खातामा प्रविष्टि गरेको तथा पाकेको व्याज रकममा ५०% कट्टागरि भुक्तानी गरिने ।
===============================================================================================================================================================================================================
समृद्ध बचत
उद्देश्यहरु :
- सदस्यहरुलाई संस्थाले प्रदान गर्ने विभिन्न रकम जस्तै लाभांस, भत्ता आदि जम्मा गर्ने प्रयोजनार्थ ।
विशेषताहरु :
- संस्थाले सदस्य बनेको बखतनै निःशुल्क खाता खोलिदिने ।
- न्युनतम मौज्दात रु. ५०।– ।
- व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
- संस्थाका सदस्यहरुले अनिवार्य रुपमा भाग लिनुपर्ने ।
- सदस्यता परित्याग गरि संस्थाबाट पाउनु पर्ने सम्पुर्ण हिसाब लिए पश्चात खाता बन्द गरिने ।
- त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
===============================================================================================================================================================================================================
बिमा बचत
उद्देश्यहरु :
- सदस्यहरुलाई आŠनो तथा परिवारको बिमा सुरक्षाको लागि बचत गर्न प्रोत्साहन गर्ने ।
विशेषताहरु :
- निःशुल्क खाता खोल्न सकिने ।
- न्युनतम मौज्दात रु.१००।– ।
- व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
- संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
- यस बचत खातामा जम्मा भएको रकम ६ महिनासम्म निकाल्न नपाइने ।
- संस्थाको बिमा कार्यक्रममा सहभागी हुनसक्ने ।
- संस्थालाई बिमाको भुक्तानी तालिका अनुसार खाताबाट भुक्तानी गर्न निबेदन दिएमा
संस्थालेनै बिमाको भुक्तानी तालिका अनुसार निरन्तर भुक्तानी गरिदिने ।
- त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
===============================================================================================================================================================================================================
उद्यमशिल बचत
“बचत गरी लगानी गरौ, सिप सिकी उद्यमी वनौं”
उद्देश्यहरु :
- सदस्यहरुलाई आफु उद्यमशिल हुन प्रोत्साहन गर्ने ।
- उद्यमशिल भई उद्यम गर्न रकम आवश्यक परेको वेला सहयोग हुने।
विशेषताहरु :
- निःशुल्क खाता खोल्न सकिने ।
- घर वा व्यवसायमै वचत संकलन गरिने ।
- न्युनतम मौज्दात रु.१००।– ।
- व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
- संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
- यस बचत खातामा जम्मा भएको रकम ६ महिनासम्म निकाल्न नपाइने ।
- थोरै थोरै रकम जम्मा गरेपछि जम्मा भएको रकमको दुई गुणा सम्म वा अधिकतम् रु. १,००,०००।– ऋण पाउन सकिने ।
- ६ महिना नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
- उद्यमशिलता विकास तालिममा सहभागी गराईने ।
- त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
===============================================================================================================================================================================================================
रेमिटेन्स बचत
उद्देश्यहरु :
- सदस्यहरुलाई रेमिटेन्स मार्फत प्राप्त हुने रकम सहज रुपले खातामा जम्मा गर्न प्रोत्साहन गर्ने ।
- रेमिटेन्स मार्फत प्राप्त हुने रकम बचत गर्न प्रोत्साहन गर्नेे ।
विशेषताहरु :
- निःशुल्क खाता खोल्न सकिने ।
- न्युनतम मौज्दात रु.१००।– ।
- व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
- संस्थाका रेमिटेन्स प्राप्त गर्ने सदस्यहरुले भाग लिनसक्ने ।
- त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
===============================================================================================================================================================================================================
ऋण सुरक्षण बचत
उद्देश्यहरु :
- ऋण लिनु पर्दा शेयरमा थप लगानी गर्न अनिच्छुक सदस्यहरुलाई सहजता प्रदान गर्ने ।
विशेषताहरु :
- निःशुल्क खाता खोल्न सकिने ।
- ऋण चुक्ता भए पश्चात जम्मा भएको रकम निकाल्न सकिने।
- व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
- संस्थाका ऋणी सदस्यहरुले भाग लिनसक्ने ।
- त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
===============================================================================================================================================================================================================
नियमित ऋण बचत
उद्देश्यहरु :
- ऋणको किस्ता तिर्ने प्रयोजनार्थ सदस्यहरुलाई नियमित रुपमा जम्मा गर्न सहजता प्रदान गर्ने ।
विशेषताहरु :
- निःशुल्क खाता खोल्न सकिने ।
- ऋण चुक्ता भए पश्चात जम्मा भएको रकम निकाल्न सकिने।
- व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
- संस्थाका ऋणी सदस्यहरुले भाग लिनसक्ने ।
- त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
===============================================================================================================================================================================================================
भ्रमण बचत
उद्देश्यहरु :
- सदस्यहरुलाई आŠनो भ्रमणको लागि बचत गर्न प्रोत्साहन गर्ने ।
- आŠनो भ्रमणको आवश्यक रकम बचत गर्न सहयोग हुने।
विशेषताहरु :
- निःशुल्क खाता खोल्न सकिने ।
- न्युनतम मौज्दात रु.१००।– ।
- व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
- संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
- यस बचत खातामा जम्मा भएको रकम ६ महिनासम्म निकाल्न नपाइने ।
- थोरै थोरै रकम जम्मा गरेपछि जम्मा भएको रकमको दुई गुणा सम्म वा अधिकतम् रु. १,००,०००।– ऋण पाउन सकिने ।
- ६ महिना नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
- संस्थाको भ्रमण कार्यक्रममा सहभागी हुनसक्ने ।